समाज


कैलालीमा ३ वटा मोटरसाइकल ३ ठाउँमा पल्टिँदा ३ युवाको मृत्यु

कैलालीमा ३ वटा मोटरसाइकल ३ ठाउँमा पल्टिँदा ३ युवाको मृत्यु

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १०:१३, काठमाडौँ

कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको छ। घायते तीनैजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१-००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 
  
त्यसैगरी गएराति नै गोदावरी नगरपालिका-४ भीमदत्त राजमार्गमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका-११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। 

त्यसैगरी धनगढी उपमहानगरपालिका-१८ डिपो बजारमा सुपप्र ०१-००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका-३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad