समाज


लागु औषधसहित पक्राउ परे ७ युवक

लागु औषधसहित पक्राउ परे ७ युवक

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १०:३१, कञ्चनपुर

कैलाली र कञ्चनपुरबाट लागु औषधसहित ७ जना युवक पक्राउ परेका छन्। कैलालीबाट ५ र कञ्चनपुरबाट २ युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट धनगढी–१३ का १९ वर्षीय निरज राना र सोही ठाउँका २१ वर्षीय सुनिल राना पक्राउ परे। 

प्रहरीका अनुसार निरजले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलको अगाडीको हेडलाइटको भागमा लुकाएको ५ ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

मोटरसाइकलको पछाडि सवार अर्का युवक सुनिललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट तीन जना पक्राउ परे। धनगढी उपमहानगरपालिका–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय किशोरलाई १५० मिलिग्राम लागुऔषध खैरो हेरोइन र १ ग्राम ५६० मिलिग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परे। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रकाश चन्द छन्। 

अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भीमदत्त नगरपालिका–१७ बडुवालटोलबाट नियन्त्रणमा लिएको हो। 

चन्दको साथमा ०.२२ ग्राम खैरो हेरोइन र २.२२ ग्राम चरेश भेटिएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad