ad ad

समाज


दार्चुला-भारत सीमामा ५ बीओपी, चीनतर्फ तिंकरमा राख्ने तयारी

दार्चुला-भारत सीमामा ५ बीओपी, चीनतर्फ तिंकरमा राख्ने तयारी

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १२:५८, काठमाडौँ

दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

भारतसँग सीमा जोडिएको व्याँस गाउँपालिका–४ मा सोमबार एक कार्यक्रमकाबीच बीओपीको उद्घाटन गरिएको हो।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, नम्बर ७ बैजनाथ बाहिनी अत्तरियाका सहायक बाहिनीपति एसएसपी किरण ढुंगाना र प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बीओपीको उद्घाटन गरेका छन्।

बीओपी स्थापनाले पालिकामा शान्ति सुरक्षा कायम हुने विश्वास लिइएको छ। भारतसँग जोडिएको सीमामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुका पुलको सुरक्षा हुने गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए। सुन्सेरा बीओपीले महाकाली नदीमाथि रहेका ४ वटा झोलुंगे पुलको पनि सुरक्षा गर्ने छ। सुन्सेराबाट नजिकको पुलको दूरी करिब ४५ मिनेट रहेको छ।

चीनको सीमा क्षेत्रमा पनि बीओपी राख्ने तयारी
सशस्त्र प्रहरी बलको नं. ४० गण दार्चुलाका प्रमुख एसपी डम्बर विष्टका अनुसार लगत्तै चीन सीमानजिक तिंकरमा पनि बीओपी राख्ने तयारी छ।

व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना हुने गरी बीओपी राख्न सरकारले स्वीकृति दिइसकेको छ। 

‘पुरानो भन्सार र नेपाल प्रहरीको सीमा चौकी रहेकै स्थान नजिक बीओपी राख्नका लागि भवन पनि निर्माण भइसकेको छ,’ एसपी विष्टले भने, ‘बीओपी राख्न हेलिकोप्टर चाहिने भएकाले समय लागेको छ, लगत्तै त्यहाँ स्थापना गर्ने गरी तयारी भइरहेको छ।’

अहिले वडा नं. १ कै छाङरुमा सशस्त्र प्रहरीको ५० नं। गुल्म रहेको छ। सशस्त्र प्रहरीका अनुसार थप गरिएको सुन्सेरासहित जिल्लाभर ५ वटा बीओपी स्थापना भइसकेका छन्। लाली, दत्तु, जौलजिबी र दुम्लिङमा यसअघि नै बीओपी स्थापना भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .