ad ad

राजनीति


चीनविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आग्रह

चीनविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आग्रह

नेपालखबर
असोज २०, २०७७ मंगलबार ११:२१,

जापानको टोकियोमा जारी क्वाड बैठकमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एकजुट हुन समकक्षीहरुलाई आग्रह गरेका छन्।

मंगलबार सुरु भएको सो बैठकमा जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी, अस्ट्रेलियाकी मराइज पेन र भारतका सुब्रमन्यम जयशंकर सहभागी छन्।

यीमध्ये अमेरिकी विदेशमन्त्री पम्पेओ सबैभन्दा उग्ररुपमा चीनविरुद्ध प्रस्तुत भएका थिए। उनले कोरोना भाइरसको महामारी वुहानबाट आएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको ढाकछोपका कारण यसले भयंकर क्षति गरेको आरोप लगाए।

‘यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको शोषण, भ्रष्टाचार र जबर्जस्तीबाट हाम्रा जनता र साझेदारहरुलाई जोगाउन सहकार्य गर्नु अरुबेला भन्दा निकै महत्वपूर्ण बनेको छ,’ पम्पेओले भने।

तर, उनका समकक्षीहरुले भने आपसी सहकार्यमा बढी जोड दिएका छन्।

यसअघि सो बैठक भारतमा हुने चर्चा थियो। तर, चीन र भारतबीच मस्कोमा सम्झौता भएलगत्तै टोकियोमा बैठक हुने घोषणा गरिएको थियो।

क्वाडका विदेशमन्त्रीहरुले जापानका नयाँ प्रधानमन्त्री योसिहिदे सुगासँग पनि भेट गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .