कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले जाजरकोटका नवराज विकको हत्याको जिम्मेवारी राजनीतिक दल र नेताहरुले लिनुपर्ने बताएका छन्।
उनले त्यसको कारण सामाजिक–साँस्कृतिक संरचनामा खोज्नु राजनीतिक गर्नेहरुको नालायकी हुने बताएका छन्।
‘नवराज विकको हत्यारा हाम्रो सामाजिक–साँस्कृतिक संरचनामा खोज्नु हाम्रो नालायकी लुकाउने बाहानाबाजी हो। यसको जिम्मा मूलतः हाम्रो राजनीतिले, राजनीतिक पार्टीले, राजनीति गरेको दाबी गर्ने हामी स्वयंले लिनुपर्छ,’ उनले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी मल्ल थरकी एक युवतीसँगको प्रेम सम्बन्धमा रहेका नवराज विकको शनिबार स्थानीयले हत्या गरेका थिए। घटनामा अन्य दुई युवाको पनि हत्या भएको थियाे।
याे पनि:
रुकुम हत्या प्रकरण : केटीका आमाबुवासहित २० जनाविरुद्ध किटानी जाहेरी
प्रतिक्रिया