नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा युवक संघले प्रदर्शन गरेको हो।
सरकारले सुकुमवासीलाई उठिबास लगाएर जनविरोधी काम गरिरहेको प्रदर्शनमा सहभागी युवाहरूले आरोप लगाएका छन्।
उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको विरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले बालेन–सुधनको अराजकता, सुकुम्बासी जनताको उठिबास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दावाद लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन जनाएका हुन्।
सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाडौँ उपत्यकाका नदी किनारका सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो।
घर भत्काउँदा आफ्नो साथमा केही सरसामान लिएर त्यहाँ पुगेका सुकुमवासीहरू होल्डिङ सेन्टरसमेत डुबानमा पर्दा थप समस्यामा परेका छन्।
Shares

प्रतिक्रिया