नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज (बुधबार) देखि सुनचाँदीको बजार मूल्य नियमित प्रकाशन गर्ने जनाएको छ।
दुई महिना भन्दा लामो समयदेखिको लकडाउनका कारण सुनचाँदी व्यवसाय पनि लकडाउनको अवस्थाका छ।
‘अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य धैरै फरक भैसकेको अवस्थामा विगत दुई महिनादेखि पूरानै दरभाउ बिभिन्न सामाजिक सञ्जालमा देखिरहेकोले उपभोक्ताहरुमा अन्यौलता सिर्जना भएको भन्दै महासंघले उपभोक्तालाई सही सूचना दिन नियमित मूल्यसूची प्रकाशन गर्ने जनाएको छ।
सोमबार बसेको महासंघको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई दैनिक सुनचाँदीको मूल्य कायम गरी प्रकाशित गर्ने निर्णय भए अनुसार आजदेखि सुनचाँदीको दर भाउ प्रकाशन गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
3
Shares
प्रतिक्रिया