रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनानाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले घटनाको छानविनको लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उनले सत्तारुढ दलकै स्तानीय तहका प्रतिनिधिहरुबाट घटनाको तोडमोड गर्ने काम भएको भन्दै आपत्ति समेत जनाए। उनले पीडित दोषीलाई कानुनी कारबाहीका लागि छानबिन समिति गठन गर्न माग गर्दे पीडित पक्षलाई राहत र क्षेतिपूर्ति दिन समेत माग गरे।
सांसद विश्वकर्माले घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिन समेत माग गरे।
‘यो घटनालाई छानविन गर्नका र सत्यतथ्य पत्ता लगाएर सरकार र संसदलाई प्रतिवेदन दिनका लागि संसदीस्य छानबिन समिति गठन होस्’, उनले भने, ‘ तत्काल संकास्पद व्यक्तिलाई पक्राउ गरियोस् र पक्राउ परेकालाई कारबाही गरियोस्।’ उननले पक्राउ परेका मानिसलाई राजनीतिक आडमा नबचाउन समेत सुझाब दिए।
Shares
प्रतिक्रिया