समाज


यस्तो देखियो काठमाडौं महानगरको १३ औँ अधिवेशन (तस्बिरहरू)

यस्तो देखियो काठमाडौं महानगरको १३ औँ अधिवेशन (तस्बिरहरू)

काठमाडौं महानगरको १३ औँ नगर अधिवेशन। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार १०, २०८० आइतबार १७:५४, काठमाडौँ

काठमाडौं महानगरपालिकाको १३ औँ नगर अधिवेशन आइतबार बसेको छ।

नगर अधिवेशनमा महानगर उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

यो बजेट चालु आर्थिक वर्षकोभन्दा १३ करोडले बढी हो। महागरले बजेटमा सहरका सबै गल्लीमा सीसीटीभी जडानको योजना ल्याएको छ।

त्यसैगरी साइकल लेनदेखि वृक्षारोपणलाई पनि तीव्र पार्ने गरी बजेट ल्याइएको छ। 

महानगरले अब सम्पत्ति र घरबाहल कर पनि किस्ता किस्तामा तिर्ने गरी मिलाएको छ। त्यसैगरी महानगरले सहर सफा गर्ने कुचिकार र नगरप्रहरी थप्न ३० करोड बजेट छुट्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .