सर्लाहीबाट प्रहरीले लागु औषधसहित तीनजना युवालाई पक्राउ गरेको छ।
सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर- १० स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
विशेष सूचनाको आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज पर्सा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मलंगवा- १० निवासी २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षीय मुकेश पण्डित र सर्लाहीकै चक्रघट्ट गाउँपालिका- २ औरही बस्ने १८ वर्षीय पंकजकुमार राउत छन्।
उनीहरुको साथबाट नाइट्रभेट- १० लेखिएको लागू औषध दुई हजार ६ सय ७० चक्की र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

Shares

प्रतिक्रिया