उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीमा सञ्चालित एक पाउरोटी उद्योगलाई स्थानीय प्रशासनले १० हजार रुपैयाँ जरिवाना गरेको छ।
उद्योगमा मापदण्डविपरीतका गतिविधि गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ।
गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार रुपैयाँ जरिवाना गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।
जरिवानापछि उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिइएको पनि उनले बताए।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित १० हजार रकम जरिवाना गराएको हो। रासस
423
Shares

प्रतिक्रिया