समाज


आफ्नो तस्बिर अर्काको नागरिकतामा टाँसेर ठगी गरेको आरोपमा २२ र २८ वर्षका युवक पक्राउ

आफ्नो तस्बिर अर्काको नागरिकतामा टाँसेर ठगी गरेको आरोपमा २२ र २८ वर्षका युवक पक्राउ

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:१२, सप्तरी

अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा सप्तरीबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नम्बर ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

प्रहरीले आज राजविराजमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो। 

सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए। 

नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको उनले बताए। 

दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad