समाज


भारतसँग जोडिएका सिराहा र धनुषाका सीमानाका आजदेखि ३ दिनको लागि बन्द

भारतसँग जोडिएका सिराहा र धनुषाका सीमानाका आजदेखि ३ दिनको लागि बन्द

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८१ आइतबार ९:२, जनकपुरधाम

छिमेकी देश भारतको बिहार राज्यको मधुवनी जिल्लामा यही वैशाख २५ गते हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गरे नेपाल भारत सीमा नाका आजदेखि तीन दिन बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहा र धनुषााले सार्वजनिक सूचना जारी गर्दै  आजदेखि तीन दिनसम्म सीमा नाका बन्द रहने जानरकारी दिएका हुन्। 

आगामी २५ गते (मंगलबार) हुने पहिलो चरणको निर्वाचनको लागि शनिबार मध्यरातदेखि २५ वैशाखको मध्यरातसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय सिराहाले जारी गरेको सूचनाअनुसार दोस्रो चरणअन्तर्गत आगामी ७ जेठमा हुने निर्वाचनका लागि ४ जेठको मध्यरातदेखि ७ जेठको मध्यरातसम्म सीमानाका बन्द रहने छ। 

दुई महिनाअघि भारत बिहारको मधुवनीमा सम्पन्न नेपाल-भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिराहाको ठाढी, बरियारपट्टी र मार्डर नाका बन्द गरिने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए।

बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत दुई चरणमा हुने निर्वाचनको ७२ घण्टाअगावैदेखि सीमानाका बन्द गरिदिन अनुरोध आएकाले सोहीबमोजिम १२ वैशाखको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .