समाज


सर्लाहीमा स्कुल गएका ३५ जना विद्यार्थीलाई घारेले टोक्यो, केही विद्यार्थी बिरामी

सर्लाहीमा स्कुल गएका ३५ जना विद्यार्थीलाई घारेले टोक्यो, केही विद्यार्थी बिरामी

हरिवन-२ अत्रौलीमा रहेको राम अवतार जनता मावि


नेपालखबर
मंसिर १८, २०८० सोमबार १२:१, सर्लाही

सर्लाहीको हरिवन नगरपालिका-२ अत्रौलीमा रहेको रामअवतार जनता माविमा पढ्न गएका विद्यार्थी घारेको टोकाइबाट बिरामी परेका छन्।

सोमबार बिहान कोचिङ पढ्न गएका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले टोकेको स्थानीय अमिरसिंह वाइबाले जानकारी दिए। 

सोही विद्यालयका शिक्षक वसन्त घिसिङलाई पनि घारेले टोकेको अर्का शिक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिए। 

‘विद्यालय नजिकै रहेको वरको रुपमा बसेको घारेले विद्यार्थीलाई टोक्दा भागाभागको अवस्था सिर्जना भएको छ,’ शिक्षक मैनालीले नेपालखबरसँग भने, ‘३५ जना भन्दा धेरै विद्यार्थी र एकजना शिक्षकलाई आज बिहान घारेले टोकेको छ।’

केही विद्यार्थी घारेको टोकाइबाट बिरामी परेका मैनालीले बताए। घारेको टोकाइबाट बिरामी परेका विद्यार्थी राधव श्रेष्ठलाई उपचारको लागि अस्पताल लगिएको छ। 

विद्यालय परिसरमा घारे आतंक फैलिएपछि आज विद्यालयमा पठनपाठन नै बन्द गरिएको शिक्षक मैनालीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad