समाज


करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १०:८, कैलाली

कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा उनको गएराति मृत्यु भएको हो। 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad