समाज


नवलपरासीमा बसबाट खसेर एक युवकको मृत्यु

नवलपरासीमा बसबाट खसेर एक युवकको मृत्यु

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १०:१२, नवलपरासी

नवलपरासी पश्चिममा बसबाट खसेर एक युवकको मृत्यु भएको छ। 

प्रतापपुर गाउँपालिक- ९ खैरेनीमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसबाट खसेर स्थानीय ३४ वर्षीय जगदीश थारुको मृत्यु भएको हो। 

शनिबार बसमा चढ्ने क्रममा उनी बसबाट खसेर गम्भीर घाइते भएका थिए। स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज रुपन्देही लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। मृतक युवकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad