गण्डकी


पोखरा ल्याइयो ढोरपाटनका मेयर नेपालीलाई, रविसँगै अदालत उपस्थित गराइँदै

पोखरा ल्याइयो ढोरपाटनका मेयर नेपालीलाई, रविसँगै अदालत उपस्थित गराइँदै

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १०:२८, काठमाडौँ

कास्कीको पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ। 

इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिबार पोखरा ल्याइएको हो। 

हिरासत म्याद थपका लागि आज उनलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।

राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ। 

उनीहरू सहकारी ठगी प्रकरणका अभियुक्त हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad