समाज


कपिलवस्तुमा घरभित्र भेटियो पतिपत्नीको शव, घटना अनुसन्धान गर्दै प्रहरी

कपिलवस्तुमा घरभित्र भेटियो पतिपत्नीको शव, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १२:५२, काठमाडौँ

कपिलवस्तुको वाणगंगामा पतिपत्नीको शव फेला परेको छ। 

वाणगंगा नगरपालिका–८ ढोडेकोल निवासी ६० वर्षीय टेकलाल भुसाल र उनकी ५५ वर्षीया श्रीमती जुठी भुसाल बुधबार बिहान घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

डीएसपी हरि वलीले नेपालखबरलाई दिएको जानकारी अनुसार बुधबार बिहान साढे ८ बजेतिर दूध लिएर गएका स्थानीयले पतिपत्नीलाई घरभित्र मृत भेला पारेका हुन्।

इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

‘पतिको शव भर्‍याङमा झुन्डिएको अवस्थामा र पत्नीको शव घरभित्रै खाटमा फेला परेको हो,’ डीएसपी वलीले भने।

पत्नीको शरीरका विभिन्न भागमा चोट देखिएको छ। घटनाको प्रकृति हेर्दा पतिले पत्नीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिने स्थानीयले बताएका छन्। 

तर, प्रहरीले भने घटना अनुसन्धानकै क्रममा रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .