समाज


रामपुर क्याम्पस र कृषि विश्वविद्यालयको जग्गा विवाद सुल्झाउने मन्त्री पोखरेलको प्रतिबद्धता

रामपुर क्याम्पस र कृषि विश्वविद्यालयको जग्गा विवाद सुल्झाउने मन्त्री पोखरेलको प्रतिबद्धता

नेपालखबर
साउन २, २०८३ शनिबार १९:१०, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। 
अनुगमनका क्रममा मन्त्री पोखरेलले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरेका छन्। 

रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको सरोकारवालाले बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिभुवन विश्वविद्यालयले रामपुर कृषि क्याम्पसले जग्गा दिन मानेको छैन। रामपुर क्याम्पस त्रिविको आंगिक क्याम्पस हो। 

शिक्षामन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत विवाद समाधानको पहल गर्ने बताए। दुवै संस्था नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्त्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने उनको भनाइ थियो। 

अनुगमनमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतम सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad