स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गरेकी छन्।
शनिबार अनुगमनका क्रममा मन्त्री मेहताले केन्द्रबाट प्रदान भइरहेका सेवा, पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिएकी छन्। यससँगै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गरेकी छन्।
उनले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्द्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको औंल्याइन्।
केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया