झापामा करेन्ट लागेर २८ वर्षका युवकको मृत्यु भएको छ।
गएराति बिर्तामोड नगरपालिका-२ चारपाने लालमाटीमा करेन्ट लागेर २८ वर्षका राजिब राजबंशीको मृत्यु भएको हो।
स्थानीय ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा हेल्परको रुपमा काम गर्ने शिवसताक्षी नगरपालिका-४ निवासी राजबंशीलाई मिक्चर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
मिक्चर मेसिन सफा गर्ने क्रममा हिल्टि हान्दा करेन्ट सट भएर उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
78
Shares

प्रतिक्रिया