झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारबाट करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो।
हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेका पाइएको छ।
आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए। रासस
879
Shares

प्रतिक्रिया