ad ad

समाज


डेंगी संक्रमणबाट झापामा २ जनाको मृत्यु

कोसी प्रदेशमा एक हजार ६५ जना सङ्क्रमण पुष्टि
डेंगी संक्रमणबाट झापामा २ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार ८:५५, काठमाडौँ

डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता डेंगी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।

कोसी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। 

कोसी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ। 

यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो। 

वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गी सङ्क्रमण भेटिएका छन्। त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .