ad ad

समाज


मनसुनी वर्षाले खाँदबारी–नुम सडकमा एक करोडको क्षति

मनसुनी वर्षाले खाँदबारी–नुम सडकमा एक करोडको क्षति

नेपालखबर
जेठ ३०, २०८१ बुधबार ९:५८, संखुवासभा

कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा-अरुणथान सडककाे चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको बाढी पहिराेले बगाएकाे उत्तर दक्षिण कोसी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। कोसी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का खण्डको ठूलोढुंगा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।
 

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए।  

वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .