समाज


सडकको हिउँ पन्छाएपछि नाग्म–गमगडी सडकमा चल्न थाले गाडी

सडकको हिउँ पन्छाएपछि नाग्म–गमगडी सडकमा चल्न थाले गाडी

नेपालखबर
माघ १३, २०८२ मंगलबार १३:१६, जुम्ला

शनिबार भएको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डमा गाडी चल्न थालेका छन्। 

भारी हिमपात हुँदा जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक  अवरुद्ध भएको थियो। 

डोजरको सहायतामा सडकको हिउँ पन्छाएपछि आजदेखि सडकमा गाडी चल्न थालेका सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए। 

हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो। 

हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad