समाज


नेपाली सेनाको गाडी दुर्घटना हुँँदा अमलदारको मृत्यु

नेपाली सेनाको गाडी दुर्घटना हुँँदा अमलदारको मृत्यु

नेपालखबर
पुस २१, २०८२ सोमबार ११:२४, सुर्खेत

मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ।  

छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए। 

आइतबार साँझ करिब ७ बजेको समयमा जिप दुर्घटनमा परेको हो। 

दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। 

बोलेरो सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ।

ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो। उनलाई उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेका हुन्।

मृतक ऐडीको शव पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ।

डीएसपी थपलियाले दुर्घटनाको कारण नखुलेको बताए। उनले सडकको भित्ता साइटबाट चलाइरहेको गाडी डिलतिर कसरी पुगेर दुर्घटनमा पुग्यो भन्ने विषयामा अनुसन्धान भइरहेको जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad