पर्वतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
कुश्मा नगरपालिका–२ खुर्कोट अर्मादी घुम्तीमा ग.१ क २९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ध.२ प ३८०५ नम्बरको मोटरसाइकललाई ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ पोखराबाट मुस्ताङतर्फ जाँदै गरेकोले ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक हिरा गर्बुजा र पछाडि सवार सुजन भण्डारीको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।
दुवैको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालक मनोज थापालाई पक्राउ गरेको छ।
1.9k
Shares

प्रतिक्रिया