सल्यानको बागचौर नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
नगर कार्यसमितिको निर्णयअनुसार नगर क्षेत्रका सबै विद्यालय अब आइतबार सञ्चालन हुनेछन्।
अभिभावकको जनगुनासोलाई सम्बोधन गर्न यस्तो निर्णय गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत हरिबहादुर कठायतले जानकारी दिए।
संघीय सरकारले सरकारी कार्यालयमा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिएसँगै शैक्षिक संस्थामा पनि त्यो लागू गरेको छ।
सरकारी निर्णयअनुसार गएको वैशाख १५ देखि नै देशभरका धेरैजसो पालिकामा सातामा दुई दिन विद्यालय बन्द हुँदै आएका छन्।
कतिपय पालिकाले भने सरकारी निर्णयकाे अवज्ञा गरेका छन्।

30
Shares

प्रतिक्रिया