ग्लोबल


कुवेत विमानस्थलमा इरानको आक्रमण: १ जनाको मृत्यु, ६३ घाइते, धेरैको अवस्था गम्भीर (भिडिओ)

कुवेत विमानस्थलमा इरानको आक्रमण: १ जनाको मृत्यु, ६३ घाइते, धेरैको अवस्था गम्भीर (भिडिओ)

ड्रोन आक्रमणका बेला कुवेत विमानस्थल


नेपालखबर
जेठ २०, २०८३ बुधबार २०:११, काठमाडौँ

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।

कुवेतस्थित भारतीय दूतावासले मृतक भारतीय नागरिक रहेको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार धेरै जनाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।घटनापछि २५ वटा एम्बुलेन्सले घाइतेहरूलाई अस्पताल लगेका छन्।

आक्रमणबाट कुवेत विमानस्थलको टर्मिनल १ मा व्यापक क्षति भएको छ। 

भिडिओ

 

यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानले कुवेतमा तैनाथ अमेरिकी सेनाविरुद्ध फेरि ड्रोन आक्रमण गरेको तर हमला असफल भएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad