पशुमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्युठानबाट एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–१ बस्ने वर्ष अन्दाजी ३६ को जालिराम थापा मगर रहेका छन्।
थापाले आफ्नै खेतबारीमा गोरु लिई जोति रहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछी गोरुको नाक, मुख माटोमा गाडी कुटेर निर्दयी व्यवहार गरेका थिए।
सो कार्यको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि केही दिन यता सो भिडिओ भाइरल भएको थियो।
उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कुसरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय प्युठानबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
123
Shares

प्रतिक्रिया