समाज


कोरला नाकामा सशस्त्र प्रहरीले समात्यो ७७४ वटा गाडी

कोरला नाकामा सशस्त्र प्रहरीले समात्यो ७७४ वटा गाडी

नेपालखबर
जेठ २१, २०८३ बिहिबार ९:३०, काठमाडौँ

मुस्ताङको कोरला नाकाबाट सशस्त्र प्रहरीले ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएकाे छ।

गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएकाे र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेकाे सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए। 

व्यवसायीले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेको छ। 

तर कर छल्न पहिल्यै ल्याएका कागजात तयार गरिएकाे आशंका सशस्त्र प्रहरीले गरेकाे छ।

म्याग्दीको सिमानासम्म पुगेका गाडी बुधबार राति नियन्त्रणमा लिइएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad