ad ad

समाज


३८ सय ७५ मिटरमाथि सशस्त्र प्रहरीको बीओपी स्थापना

३८ सय ७५ मिटरमाथि सशस्त्र प्रहरीको बीओपी स्थापना

नेपालखबर
जेठ १४, २०८१ सोमबार १२:२२, काठमाडौँ

सशस्त्र प्रहरी बलले चीनको सीमातर्फ गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ। 

जेठ १३ गते (आइतबार) बाट साम्दोमा बीओपी सञ्चालनमा आएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यससँगै चीनतर्फ बीओपीको संख्या १० वटा पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बीओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ।


    
नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बीओपीले विपद्जन्य घटना (हिमपात, हिमपहिरो) मा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानी लगायतका कामहरु गर्नेछ। 

समुन्द्री सतहबाट ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बीओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुइला नाका रहेको छ।   
    
यसअघि सशस्त्र प्रहरी बलले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित ९ ठाउँमा बीओपी स्थापना गरिसकेको छ। 

हाल भारतको सीमानातर्फ २ सय ४४ र चीनको सिमानातर्फ १० गरी बिओपीको संख्या २ सय ५४ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .