ad ad

समाज


लेखा समितिका सभापति चढ्ने गाडी सिन्धुलीमा दुर्घटना, एक जना घाइते

लेखा समितिका सभापति चढ्ने गाडी सिन्धुलीमा दुर्घटना, एक जना घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १२:२३, काठमाडौँ

सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोख्रेल चढ्ने गाडी दुर्घटनामा परेको छ। 

सांसद पोखरेल भने उक्त गाडीमा थिएनन्। तर ५ जना बोकेर विराटनगरबाट बीपी राजमार्ग हुँदै काठमाडौँतर्फ आइरहेको गाडी आइतबार साँझ साढे ५ बजे सिन्धुलीको गोलान्जोर गाउँपालिका–५ खन्याखर्क बजारमा दुर्घटनामा परेको हो।

गाडीमा ५ जना सवार रहेकोमा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

बागमती बीएडी १३७२ नम्बरको सार्वजनिक लेखा समितको संसद् सचिवालयको स्कारपियो गाडी आफैँ अनियन्त्रित भई सडकको दायाँ नालिमा झरी दुर्घटना भएको हो। 

गाडीमा चालकसहित ५ जना सवार मध्य ४ जना सकुसल र सोही गाडीमा सवार जिल्ला मोरङ रङ्गेली नगरपालिका ५ की ६० वर्षकी ललिता देवी मण्डलको अनुहारमा चोट लागेको छ। 

स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको र अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ। 

सवारी साधन घटना स्थलमै क्षति भएको अवस्थामा रहेको र गाडी निकाल्ने प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .