समाज


तनहुँमा अरिंगालले टोक्दा एक युवकको मृत्यु, अर्का युवक गम्भीर बिरामी

तनहुँमा अरिंगालले टोक्दा एक युवकको मृत्यु, अर्का युवक गम्भीर बिरामी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ५:३८, तनहुँ

तनहुँको भानुमा अरिंगालले टोक्दा एक युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर विरामी परेका छन्।

गएको आइतबार भानु नगरपालिका(७ रम्गाटारस्‍थित जंगलमा अरिंगाल पोल्नेक्रममा भानु नगरपालिका(४ फलाखेतका ३२ वर्षीय राजकुमार तामाङ बिरामी परेका थिए। 

उनको उपचारको क्रममा सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए। 

अरिंगालले टोक्दाा सोही ठाउँका २४ वर्षीय धनबहादुर तामाङ गम्भीर बिरामी परेका छन्। उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ। 

अरिंगालले टोकेपछि सुरुमा उनीहरुलाई उपचारको लागि आफन्तले लक्ष्मी अस्पताल डुम्रे लगेका थिए। 

त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad