लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई भारतीय लागुऔषध कारबारीलाई धनुषाबाट नियन्त्रणमा लिएको छ।
ब्युरोका अनुसार भारत मधुवनीका २८ वर्षीय सन्तोषकुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहुलाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट खैरो हेरोइन ९५ ग्राम ५९० मिलिग्राम, मोबाइल २ थान, भारतीय आधार कार्ड १, भारतीय सवारी चालक अनुमतिपत्र १ थान बरामद गरिएको छ।
धनुषाको मिथिला नगरपालिका–६ मा खैरो हेरोइनको कारोबार भइरहेका बेला ब्युरोको बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि एक राउन्ड हवाई फायर गरिएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया