समाज


बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

नेपालखबर
पुस १८, २०८२ शुक्रबार ६:२८, काठमाडौँ

आज (शुक्रबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिन (बिहीबार) को तुलनामा बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। 

हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे अझ घटेर ४.६ डिग्री सेल्सियसमा झरेको थियो।

आज पनि काठमाडौँको आधिकारिक न्यूनतम तापक्रमका लागि फेरि बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम प्राय: घटेकै हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।

यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।

बिहीबार यस्तो थियो तापक्रम विवरण:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad