समाज


काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु

काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु

नेपालखबर
असार १३, २०८२ शुक्रबार ८:१५, काभ्रे

काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका- ६ घर भई हाल काभ्रेको बनोपा नगरपालिका- १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय गोरखा चाइनिज इट्टाभट्टामा काम गर्दै आएका घर्ती सोही भट्टाको जस्ताको छानोमा प्लाष्टिक ओढाउने क्रममा बिहीबार साँझ छानाबाट खसेका थिए। छानाबाट पानी चुहिन थालेपछि उनी प्लाष्टिक ओढाउन छानामा चढेकाे बेला घटना भएकाे हाे।

छानाबाट खसेर गम्भीर घाइते भएका उनलाई इट्टाभट्टाका म्यानेजर अनिल दुवालले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगेका थिए। 

उपचारकै क्रममा गएराति उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी साँगाबाट हबलदार बेलबहादुर श्रेष्ठको कमाण्डमा गएका प्रहरीले अनुसन्धान अघि बढाएका छन्। 

घटनाको विषयमा मृतकका आफन्तलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad