समाज


मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, भागेका चालक १ घण्टामै पक्राउ परे

मृतकको अझै सनाखत हुन सकेन
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, भागेका चालक १ घण्टामै पक्राउ परे

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ८:४, हेटाैँडा

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित लच्कामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 

बिहीबार  साँझ ८ः३० बजेतिरको समयमा बाटो काट्दै गरेकी वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट अन्दाजी ६१ वर्षीया वृद्धाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। 

मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटसाइकलले ती वृद्धालाई ठक्कर दिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। 

घटनापछि अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक मनहरी गाउँपालिका–५ प्रतापपुर बस्ने ३२ वर्षका मन्शु गुरुङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको डीएसपी अर्यालको भनाइ छ। 

दुर्घटनापछि फरार रहेका चालक गुरुङलाई उनकै घरबाट राति ९ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको हो। 

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। खोजतलास गर्दै जाने क्रममा लेगार्ड र भाइजर कुचिएको र फुटेको अवस्थामा फेला परेपछि प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो। 

घाइते महिलालाई तत्काल उद्धार गरी उपचारको लागि मनहरी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि हेटौँडा अस्पताल रेफर गरिएको थियो। 

उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। हाल मृतक वृद्धाको शव हेटौँडा अस्पतालमा राखिएको छ। उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad