समाज


बाघमारा जंगलमा घाँस काट्न गएका २ महिलामाथि गैँडाको आक्रमण

बाघमारा जंगलमा घाँस काट्न गएका २ महिलामाथि गैँडाको आक्रमण

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८१ बुधबार १०:२८, हेटाैँडा

चितवनको रत्ननगरमा घाँस काट्न गएका दुई महिला गैँडाको आक्रमणबाट घाइते भएका छन्। 

मंगलबार दिउँसो रत्ननगर नगरपालिका–७ स्थित बाघमारा क्षेत्रमा घाँस काट्न गएका उनीहरुलाई गैँडाले आक्रमण गरेको हो। 

घाइते हुनेमा रत्ननगर–७ की ५२ वर्षीया ठूली तामाङ र ५६ वर्षीया जानकी महतो रहेका छन्। 

गैँडाले आक्रमण गर्दा तामाङको दायाँ खुट्टा र कम्मरमा चोट लागेको छ भने महतोको दायाँ हात र कम्मरमा चोट लागेको चितवन प्रहरीले जनाएको छ। 

दुवैको अवस्था मध्यम रहेको र अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए। 

घटनापछि प्रहरी चौकी बछौलीबाट प्रहरी निरीक्षक कैलाश कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बछौलीबाट पश्चिमतर्फ करिब चार किलोमिटर दूरीमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad