मकवानपुरमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन्। मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारी मरुङगे तालस्थित ब्रम्हदेवी लामिदमार मध्यवर्ती सामुदायिक बन (खण्ड ग) मा गैडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
शनिबार (आज) दिउँसो करिब १२:४० बजेतिर गैडाले आक्रमण गर्दा ३५ बर्षका राम दिनेश कुशवार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घाइते कुशवारको दाहिने खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट प्रहरी निरीक्षक शिवजी दासको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइतेलाई थप उपचारका लागि भरतपुर, चितवनस्थित सरकारी अस्पताल पठाइएको छ। प्रहरीका अनुसार गैडा आक्रमणपछि वनतर्फ भागेको छ।
Shares

प्रतिक्रिया