ad ad

समाज


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ७:५०, काभ्रे

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन्।

बुधबार साँझ काभ्रेको चौरी देउराली नगरपालिका-८ मा बागमति प्रदेश ०२-०३०  प ३२६८ नम्बरको मोटरसाइकल आफैँ दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेकै रोशी गाउँपालिका ९ का २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीका अनुसार चौरीदेउराली-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोहुँदै मध्ये पहाडी लोकमार्ग निस्कदैँ गरेको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रीत भई  दुर्घटनामा परेको हो। 

दुर्घटनामा मोटरसाइकलको पछडि सवार काभ्रेकै तेमाल गाउँपालिका-५ का ४० वर्षीय सरोज लामा घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी खतरामुक्त छन्। 

साँझ सात बजेतिर मोटरसाइकल दुर्घटना भए पनि घाइतेको उद्धारमा ढिलाइ हुँदा युवकको मृत्यु भएको स्थानीयले बताएका छन्। 

घाइते युवकको प्रहरीले उद्धार गर्दा राति साढे नौ बजिसकेको थियो। राति १० बजे उनलाई धुलिखेल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .