ad ad

समाज


अस्ट्रेलियामा टीआर र पर्यटक भिसावालाले विद्यार्थी भिसामा आवेदन दिन नपाउने

अस्ट्रेलियामा टीआर र पर्यटक भिसावालाले विद्यार्थी भिसामा आवेदन दिन नपाउने

फाइल तस्बिर : अस्ट्रेलिया


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ७:५९, काठमाडौँ

आफ्नो आप्रवासन नीतिमा पछिल्लोपटक कडाइ गर्दै गइरहेको अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको नियमबारे थप प्रस्ट पारेको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसा र टेम्पोररी भिसामा रहेकाहरू पुन: विद्यार्थी भिसाका लागि योग्य नहुने बताएकी छन्।

पछिल्लोपटक पर्यटक भिसामा आएर विद्यार्थी भिसामा जानेहरूको संख्या बढिरहेको थियो भने लामो समय विद्यार्थी भिसामा रहिरहने प्रवृत्ति पनि बढिरहेको थियो। यो नियम जुलाई १ बाट लागू हुने नयाँ आप्रवासन नीतिमा समेत समेटिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जुलाई १ देखि अल्बानिज (प्रधानमन्त्री एन्थोनी अल्बानिज) सरकारले यसलाई एक कदमअगाडि बढाउँदै छ। पहिलो, आगन्तुक भिसा धारकहरूले अनसोर विद्यार्थी भिसाका लागि आवेदन दिन योग्य हुने छैनन्।’

कानुनी छिद्रहरूलाई प्रयोग गर्दै लामो समय भिसा लम्ब्याएर अस्ट्रेलिया बसिरहनेहरू यसबाट प्रभावित हुने छन्। यो नियमसँगै त्यस्ता कानुनी छिद्रहरूमा विराम लाग्ने विश्वास गरिएको छ।

गृहमन्त्री क्लेयरद्वारा जारी विज्ञप्तिमा पछिल्लो १० महिनामा ३६ हजार जना पर्यटक भिसाबाट र टीआरबाट ३२ प्रतिशत विद्यार्थी भिसामा गएको उल्लेख छ। तर उनीहरूले आफ्नो देश फर्केन पुन: विद्यार्थी भिसामा भने आवेदन दिन सक्नेछन्।

नयाँ नियमले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने छन्। अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या तेस्रो ठूलो छ।

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .