म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ।
पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो।
स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको हो। खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले ४ असोजमा कुण्ड फेला परेको जानकारी दिए।
म्याग्दीको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै खयर बाराही मन्दिर छ।
खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन छ।

प्रतिक्रिया