काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज साँझ दुई जनाको मृत्यु भएको छ। पन्ध्र जना घाइते भएका छन्।
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए। मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो। दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन्। रासस
प्रतिक्रिया