ad ad

राजनीति


दुर्घटनाको छानबिन गर्न माग

दुर्घटनाको छानबिन गर्न माग

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १४:२,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट गराएका छन्।

बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको कांग्रेसको ठहर छ। कांग्रेसले यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने बताएको छ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा२ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका–१० बडहरे मोडमा आज बिहान दुर्घटना हुँदा १४ को मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका छन्।

सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कांग्रेसले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .