आज (बुधबार) दसैंको टीका लगाउन जानेहरूको चहलपहल बढेको छ।
खासगरी विजया दशमीका दिन आफ्नो घरमा टीका लगाएकाहरू आजदेखि माइती/ससुरालीलगायत अन्य आफन्तकहाँ जाने क्रम सुरु भएको हो।
यसैकारण दशमी दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन्। मान्यजनबाट दसैंको टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ।

प्रतिक्रिया