काठमाडौंबाट सर्लाही जाँदै गरेको रात्रि बस चितवनको भरतपुरमा दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका छन्।
चितवन प्रहरीका अनुसार सर्लाही सदरमुकाम मलंगवातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको बस भरतपुर महानगरपालिका १२, आस्थाचोकमा मध्यराति दुर्घटना भएको हो।
बस अनियन्त्रित भई सडक छेउमा रहेको पीपलको रूखमा ठोक्किँदा दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइतेहरूको पुरानो मेडिकल, नयाँ मेडिकल कलेजलगायत स्थानीय स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ।
दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्। बसमा ४५-४६ जना सवार थिए। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया