समाज


३० हजार फिटमाथि उडिरहेको बिमानभित्र धुवाँ भरिएपछि....(भिडियो)

३० हजार फिटमाथि उडिरहेको बिमानभित्र धुवाँ भरिएपछि....(भिडियो)

नेपालखबर
असोज २०, २०७६ सोमबार १२:३१,

ब्रिटिस एयरवेजको विमान इटालीदेखि लण्डनका लागि उडिरहेको थियो।

हालै विमान ३० हजार फिटमाथि उडिरहेको थियो। विमान उडिरहँदा विमानभित्र धुवाँ भरिएपछि केहीबेर होहल्ला मच्चियो।

१ सय ६५ यात्रु चढेको उक्त विमानभित्रमा मानिसहरु अत्तालिएका थिए। विमानलाई केही समयमै स्वीजरल्यान्डको बासलमा अवतरण गरियो।

The Airbus 320 had been travelling from Bari, Italy, to Gatwick, but was forced to make the emergency stop when the jet became enveloped in smoke. Stock picture

सबै यात्रुहरु सकुशल रहेका छन्। ब्रिटिस एयरवेजका चार जना चालकदलका सदस्य भने घाइते भएका छन्।

उनीहरुको स्वास प्रस्वासमा समस्या देखिएको जनाइएको छ। यस घटनाको दृश्य क्यामेरामा केद भएको छ।

यसको भिडियोसमेत सार्वजनिक भएको छ। के कारणले विमानभित्र धुवाँ निस्कियो भनेर अनुसन्धान भइरहेको छ। ब्रिटिस एयरवेजले विमान ठूलो दुर्घटनाबाट बचेको भनेर प्रतिक्रिया जनाइरहेको छ। एजेन्सी

(भिडियो)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad