समाज


धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते

धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते

नेपालखबर
असार ३२, २०८३ बिहिबार १६:१२, काठमाडौँ

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।

वर्षासँगै परेको चट्याङका कारण जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका–१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अन्दाजी ५५ वर्षीया रिता देवी सहनी, अन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अन्दाजी ३५ वर्षीया संगीता देवी घाइते भएका हुन्।

घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ भने अन्य छ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ।

तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad