राजनीति


दशैँका अवसरमा उपराष्ट्रपति पुनको शुभकामना

दशैँका अवसरमा उपराष्ट्रपति पुनको शुभकामना

नेपालखबर
असोज २०, २०७६ सोमबार १३:१२,

उपराष्ट्रपति नन्दबहादुर पुनले वडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिएका छन्।

विजया–दशमीको पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र बलियो एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको उपराष्ट्रपति पुनले भनेका छन्।

 ‘देश ‘समृद्ध नेपाल, सुखनी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ समुन्नती र समृद्धिको मार्गमा छ। राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न विजया–दशमीले प्रेरित गर्ने अपेक्षा लिएको छु।

संविधान कार्यान्वयनका बाँकी कार्यहरु यथाशिघ्र पूरा गर्दै देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउन विजया–दशमीले सबैलाई थप प्रेरित गरोस् भनी कामनासमेत गर्दछु’ पुनको सन्देशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad